सन् २००७ मा जब मैले फिजियोथेरापी स्नातक अध्ययन गर्न भारतको राजिभ गान्धी युनिभर्सिटीमा भर्ना लिएँ, फेयरवेल पार्टीमा एकजना साथीले ‘रामदेवको योग पढ्न जान लागेको हो? उस्तै-उस्तै होइन र?’ भनेर प्रश्न गर्दा मलाई निकै असजिलो महसुस भएको थियो।
आज पनि पटक-पटक नयाँ साथीभाइ, इष्टमित्र वा छिमेकीलाई म फिजियोथेरापी उपचार गर्छु वा फिजियोथेरापिस्ट हुँ भन्दा यो त योगजस्तै हो भन्ने गर्छन्। कतिपय बिरामीहरू नै मैले फिजियोथेरापी गर्दा सिकाएका कसरतहरू यो त योग जस्तै छ, मैले गरिएको छु, टिभीमा बिहान बिहान आउँछ, फलानो गुरुले सिकाउनु भएको भन्ने पनि सुनेको छु।
यी र यस्तै प्रश्न तथा परिस्थितिले मलाई आजको लेख लेख्न प्रेरणा गरेको हो। विसं २०७२ सालदेखि माघ १ गते योग दिवस मनाइँदै आइएको छ र सो दिनको मौका पारी योग र फिजियोथेरापी बीचको समानता र भिन्नता प्रष्ट्याउने जमर्को गरेको छु। अन्तर्राष्ट्रिय फिजियोथेरापी दिवस भने हरेक वर्ष सेप्टेम्बर ८ मा मनाइन्छ।
समानता
१. शारीरिक स्वास्थ्य सुधार
योग र फिजियोथेरापी दुवैको उदेश्य शारीरिक स्वास्थ्यमा सुधार गर्ने हो। योगले आत्मा, शरीर, र मनको समन्वय बढाउँछ भने फिजियोथेरेपीले विशेषज्ञद्वारा निर्दिष्ट गरिएका रोग वा लक्षणहरू सम्बन्धित निवारक, निदानात्मक, प्रवर्द्धनात्मक, उपचारात्मक र पुनर्स्थापना गर्दछ।
योग र फिजियोथेरापी दुवैले श्वासप्रश्वासको तनावमा सुधार गर्ने पद्धतिहरू उपयोग गर्दछन्। योगले विशेष असन, प्राणायाम, र ध्यान गराउँछ जबकि फिजियोथेरापीले विभिन्न व्यायामहरू र श्वास नलि निकासका उपायहरू प्रदान गर्दछ।
३. कार्यक्षमतामा सुधार
योग र फिजियोथेरापीले अवस्थितिको सुधार गर्ने लक्ष्य राखेका छन्। यी पद्धतिहरूले शरीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलित बनाएर रोगीलाई शक्तिशाली बनाउँछन्। दुवै पद्धतिले जीवनको गुणस्तरलाई स्तरिय बनाउन कार्यक्षमतामा उल्लेखनीय सुधार गर्न सहयोग गर्दछ।
भिन्नता
१. चिकित्सकीय धारा
योग एक पारम्परागत चिकित्सा पद्धति हो जुन सनातन धार्मिक विधि रूपमा जानिएको छ। जबकि फिजियोथेरापी एक आधुनिक चिकित्सा पद्धति हो जुन वैज्ञानिक अध्ययनहरूमा आधारित छ। नेपाल सरकारले फिजियोथेरापीलाई एलोप्याथिक चिकित्सा प्रणालीअन्तर्गत राखी स्वास्थ्य सेवा नियमावली २०५५ मा छुट्टै समूह उल्लेख भए पनि योगको कुनै समूहमा उल्लेख्यता नरहेको पाइन्छ। यद्यपि नेपाल स्वास्थ्य व्यवसायी परिषदअन्तर्गत नेचुरल थेरापी विधामा योग प्रशिक्षकको दर्ता र नियमनको प्रावधान रहेको छ।
२. क्षमता
योगले आत्मा, मन, र शरीरको समन्वय गर्दछ र ध्यानद्वारा शारीरिक र मानसिक सुधार गराउँछ। फिजियोथारिपिस्ट विशेषज्ञद्वारा निर्दिष्ट रोग वा चिकित्सकिय लक्षणहरू कम गर्न उपयुक्त व्यायामहरू, भौतिक उपकरण जस्तै ताप, राप, करेन्ट आदि को प्रयोगले निदान गर्दछ।
३. प्रकृतिक पद्धति र योगासनहरू
योगमा प्रकृतिक पद्धति र योगासनहरूको शिक्षा पर्दछ जबकि फिजियोथेरापीले चिकित्साले रोग वा चिकित्सकिय लक्षणहरूमा आधारित व्यायामहरू राख्दछ। केही आसन परिवर्तनका महत्व, कामकाजमा अपनाउनु पर्ने आसन, कार्यसम्पादनको तरिका आदि सम्बन्धि सुझाव, सल्लाह दिने काम फिजियोथेरापीमा पर्दछन्।
४. प्रमाणमा आधारित
फिजियोथेरापी एक प्रमाणमा आधारित अभ्यास हो। वैज्ञानिक अनुसन्धानले स्थापना गरेको साहित्यमा आधारित रही चिकित्सकको अनुभव र बिरामीको मूल्य मान्यतालाई उच्च सम्मान गर्दै फिजियोथेरापी पद्धतिहरू अपनाइन्छ। भने परम्परागत र वैदिक अभ्यासको आधारमा योग गरिएता पनि आधुनिक चिकित्सक प्रणाली जस्तै यसमा पनि उच्च गुणस्तरको अनसन्धान भई यसको आधारमा अभ्यास हुन थालेको र भविष्यमा गरिनुपर्ने यसका विज्ञहरू बताउँछन्।
५. अन्य
शल्यक्रिया र अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापनामा योगको सीमित प्रयोग भएको पाइन्छ। फिजियोथेरापी भने कुनै पनि शल्यक्रिया अझ हाडजोर्नी, नसा, मुटु, फोक्सोको शल्यक्रिया पछि अपरिहार्य हुन्छ।
अन्तमा, योग र फिजियोथेरापी दुई विशेष प्रकारका चिकित्सा पद्धति हुन् जुनको उपभोगले व्यक्ति लाभान्वित बनाउँछन्। योगले आत्मा र शरीरमा समन्वय बढाउँछ जबकि फिजिओथेरेपीले विशेषज्ञतामा आधारित रोग वा लक्षणहरूमा सुधार गर्दछ। यी दुवै पद्धतिहरूले स्वास्थ्य र शारीरिक समस्याहरूमा सुधार गर्दा विभिन्न लाभ प्रदान गर्दछन् र व्यक्ति जीवन शैलीमा सकारात्मक परिवर्तन गर्दछन्।