क्यान्सर पीडित शर्मालाई आर्थिक सहयोग

    • स्वास्थ्य पेज

  • ९ माघ २०८०, मंगलवार

नेपालगन्जः बाँकेका एक जना क्यान्सर पीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । नेपालगन्ज–४ बसपार्क निवासी ५८ वर्षीय गोपाल शर्मा विगत डेढ वर्षदेखि क्यान्सर रोगबाट पीडित भई अहिले खजुरा क्यान्सर अस्पतालमा उपचार गराई रहनु भएको छ । उहाँको आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएपछि आर्थिक सहयोग गरिएको प्रदान गरिएको हो ।

सुनाखरी रेष्टुरेन्ट प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्मा र एजुकेटेट सेफ बन्धु चौधरीले संकलन गरेको रु २५ हजार २ सय ५ नगद रकम पीडित गोपाललाई हस्तान्तरण गर्नुभयो । सुनाखरीका कर्मचारीहरुबाट उक्त रकम संकलन गरिएको सुनाखरी प्रबन्ध निर्देशक शर्माले बताउनुभयो । शर्माले सिद्धार्थमा करिब ८ वर्ष काम गर्नुभएको थियो ।

  • ९ माघ २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech