भुरीगाउँमा निशुल्क प्राथमिक कान उपचार शिविर

    • स्वास्थ्य पेज

  • ९ माघ २०८०, मंगलवार

नेपालगन्जः व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जको आयोजनामा बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित नेउलापुर स्वास्थ्य चौकी भुरीगाउँमा निशुल्क प्राथमिक कान उपचार शिविर गरिएको छ । ठाकुरबाबा नगरपालिका सैनावारको समन्वयमा भएको उक्त शिविरमा १५० जनाले सेवा लिएका थिए ।

तीमध्ये १४ जनामा कान पाक्ने समस्या देखिएको थियो भने १० जनामा कान नसुन्ने समस्या देखिएको पाइएको वरिष्ठ कान सहायक चिकित्सक तिर्थमान थारुले जानकारी दिनुभयो । व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जले प्राथमिक कान उपचार सेवालाई बाँकेमा मात्र नभएर जिल्ला बाहिर समेत प्रभावकारी बनाउँदै लगेको छ ।

चालु आर्थिक वर्षमा मात्रै व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जले बाँके र बर्दियामा २४ ठाउँमा शिविर गरिसकेको छ । तीमध्ये अधिकांश बर्दियामा शिविर भएका छन् । उक्त शिविरहरुमा वरिष्ठ कान सहायक चिकित्सक तिर्थमान थारु र भिषण थारुले सेवा दिँदै आउनुभएको छ ।

  • ९ माघ २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech