भेरी अस्पताल विकास समितिले पायो पूर्णता

    • स्वास्थ्य पेज

  • ५ माघ २०८०, शुक्रबार

नेपालगन्जः भेरी अस्पताल विकास समितिले पूर्णता पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जनालाई सदस्यमा मनोनीत गरेसँगै अस्पताल विकास समितिले पूर्णता पाएको हो ।

सदस्यहरुमा किरण आचार्य, डक्ट प्रसाद धिताल र समिर गुरुङ मनोनीत हुनु भएको छ । यद्यपी अहिलेसम्म आचार्य र गुरुङको पत्रमात्रै मन्त्रालयबाट आइपुगेको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनजंग रायमाझीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

‘मन्त्रालयबाट आचार्य र गुरुङ जीलाई मनोनीत गरिएको पत्र इमेलमा प्राप्त भएको छ अन्य एकजनाको भने अझै आएको छैन’ उहाँले भन्नुभयो ।

अस्पताल विकास समितिमा अध्यक्षको नेतृत्वमा चार सदस्यीय समिति रहन्छ । अध्यक्षमा भने वीरेन्द्र बहादुर शाह साउन महिनामै मनोनीत भइसक्नु भएको थियो । उहाँहरु सबैको तीन वर्षीय कार्यकाल हो ।

  • ५ माघ २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech