नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटलले दोश्रो वार्षिक उत्सव मनायो

    • स्वास्थ्य पेज

  • ४ माघ २०८०, बिहीबार

नेपालगन्ज: नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटलले दोश्रो वार्षिक उत्सव मनाएको छ । खासगरी नशाका बिरामीहरुको विशेष उपचार गर्दै आएको अस्पतालले बुधबार नेपालगन्जमा अस्पताल स्थापनाको दोश्रो वार्षिक उत्सव मनाएको हो ।

अस्पतालका अध्यक्ष नीशा हुमागाईको अध्यक्षतामा आयोजित वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै वरिष्ठ न्यूरो सर्जन डा.जोशन न्यौपानेले बिरामीहरुको विश्वास र मायाकै कारण अस्पातल आजको अवस्थामा आउन सफल भएको बताउनुभयो। उहाँले दुई वर्षको अवधिमा नेपालगन्ज न्यूरोमा १८ हजारभन्दा बढी बिरामीले सेवा लिनुले अस्पतालको सेवाप्रति विश्वास बढ्दै गएको टिप्पणी गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै न्यूरो सर्जन डा.जोशन न्यौपाने

८ जना कर्मचारीबाट सुरु भएको अस्पतलामा हाल ५० बढी व्यक्तिले रोजगारी पाएको भन्दै डा.न्यौपानेले यो यात्रामा विश्वास गर्ने र साथ सहयोग प्रदान गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्रमुख डा.लालमणी आर्चायले नगरमा सुविधा सम्पन्न अस्पताल खुलेर बिरामीले गुणस्तरीय सेवा पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले निरन्तर बिरामीको सेवामा लाग्न सुझाव समेत दिनुभयो ।

अस्पतालमा पछिल्लो एकवर्ष यता करिब २०० बढी मेजर अपरेशन र ३०० बढी माइनर अपरेशन गरि करिब ५०० बढीले अपरेशन सेवा लिईसकेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा ब्रेन ट्युमर , स्पाइनल ट्युमर, ब्रेन हेमोरेज, दिमागमा पानि जमेको, नशा सुकेको लगायत सडक दुर्घटनामा परि गम्भीर चोटपटक लागेका बिरामीहरुले अपरेशन सेवा लिएका छन् ।

कार्यक्रममा अस्पतालमा कार्यरत डाक्टर सुनिल प्रधानलाई सम्मान गरिएको थियो । अस्पताल सञ्चालन भएदेखि निरन्तर बिरामीको सेवामा तल्लीन भएको भन्दै डा.प्रधानलाई अस्पतालका अध्यक्ष  हुमागाईले खादा र ढाँका टोपी लगाई सम्मान गर्नुभएको थियो । अध्यक्ष हुमागाईले अस्पताललाई छोटो समयमा यो उचाईमा पुर्‍याउन साथ दिने सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो । सामाजिक उत्तरदायित्व अन्तरगत अस्पतालले बिरामीको सेवा बाहेक पनि विभिन्न कार्यहरु गर्ने गरेको उहाँले जानकारी गराउँनुभयो ।

कर्मचारी, स्वास्थ्यकर्मी, चिकित्सक सबैको मिहिनतले यो सफलता पाएको भन्दै उहाँले अगामी दिनमा समेत गुणस्तरीय स्वास्थ्य सेवाका लागि न्यूरो अस्पताल निरन्तर लागिरहने प्रतिबधता व्यक्त गर्नुभयो । अस्पतालमा कार्यरत कर्मचारीहरुले कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुती समेत राखेका थिए ।

कार्यक्रममा विभिन्न अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, व्यापारी लगायतको उपस्थिति थियो । अस्पतालका फार्मेसी इन्चार्ज दिनेश विष्टले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन प्रियन्का मगरले गर्नु भएको थियो ।

  • ४ माघ २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech