लक्ष्मी सरस्वती पोलिक्लिनिक नयाँ व्यवस्थापनका साथ सुरु

    • स्वास्थ्य पेज

  • २ माघ २०८०, मंगलवार

नेपालगन्ज: नेपालगन्ज-१० गणेशमान चोकस्थित लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डायग्नोष्टिक  सेन्टर  नयाँ व्यवस्थापनका साथ सुरु भएको छ ।

पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरमा  न्युरो केयर सेवा, नेफ्रो केयर सेवा तथा ग्यास्ट्रो केयर, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्वन्धि सेवा, वालराेग , हाडजाेर्नी, फिजिसियन सेवा जस्ता सेवालाई प्राथमिकता दिई सन्चालन गरिएको छ ।

साथै त्यस सेन्टरमा आउने अन्य बिरामीहरुका लागि त्यहाँका चिकित्सक बाहेकका अन्य विशेषज्ञ सेवाका  चिकित्सकहरुसँगै उक्त सेन्टरमै जाँच गराइने सन्चालकले जानकारी दिएका छन् ।

त्यस सेन्टरमा न्युरो सर्जन डा.सुवोध गौतम, कन्सल्टेन्ट  फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा.सौरभ हमाल, ग्यास्ट्रो सर्जन डा. कृष्ण मोहन अधिकारी र नाक कान घाँटी विशेषज्ञ डा. कपिल शाही लगायत अन्य विशेषज्ञ चिकित्सकहरुले सेवा दिनुहुनेछ ।

  • २ माघ २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech