नेपालगन्जः नेपाल चिकित्सक सङ्घ लुम्बिनीको अध्यक्षमा डा.कृष्ण खरेल निर्वाचित हुनु भएको छ। बुटवलमा भएको अधिवेशनबाट खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व ३ वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा चयन भएको हो ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा डा.सन्दीप सुवेदी, उपाध्यक्षमा डा.वर्षा थापा, महासचिवमा डा. प्रकाश बस्नेत, कोषाध्यक्षमा डा. रमेश भट्टराई, सहसचिवमा डा.मोहनलाल तिवारी र सह कोषाध्यक्षमा डा.अमित चतुर्वेदी सर्वसम्मत रूपमा चयन भएको निर्वाचन समितिका संयोजक डा.श्रीधर आचार्यले बताउनुभयो ।
निर्वाचित सदस्यहरूमा डा.रमेश अर्याल, डा.सरोज थापा, डा.मनिष विश्वकर्मा, डा.राजेन्द्र बस्याल, डा.सदीक्षा चापागाईं र डा.आकाश शाही रहनु भएको छ ।संघको लुम्बिनी शाखामा ५०० चिकित्सक आबद्ध छन् ।
चिकित्सक संघमा देशभरका ३५ हजार आबद्ध रहेका छन् । डा.खरेल प्रजातन्त्रवादी चिकित्सक सङ्घ लुम्बिनीको पनि अध्यक्ष हुनुहुन्छ। चिकित्सा क्षेत्रमा पछिल्लो समय बढेको विकृतिविरुद्ध संघले काम गर्ने उहाँको भनाइ छ ।