नेपालगन्जः स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको छ। महानिर्देशकस्तरीय निर्णय अनुसार स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागका ७ जना स्वास्थ्यका अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको हो।
विभागका अनुसार विभागका डा गुणनिधी शर्मालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी व्यवस्थापन शाखा लगिएको छ। उहाँ स्वास्थ्य मन्त्रालयबाट सरुवा भएर त्यहाँ जानु भएको थियो ।
उपचारात्मक महाशाखाकी डा पोमा थापालाई इडिसिडीको नसर्ने रोग मानसिक शाखा प्रमुखमा तानिएको छ। इडिसिडीको नसर्ने रोग तथा मानसिक शाखामाका डा फणिन्द्र बराललाई उपचारात्मक महाशाखामा लगिएको छ।
परिवार कल्याण महाशाखाकी कविता अर्याललाई नर्सिङ महाशाखामा लगिएको छ। परिवार कल्याण महाशाखामा नर्सिङ महाशाखाकी शर्मिला दाहाललाई ल्याइएको छ। अनु शाक्यलाई व्यवस्थापन महाशाखामा जिम्मेवारी दिइएको छ भने सागर दाहाललाई इडिसिडीमा लगिएको छ।