जमुनीमा निःशुल्क कान उपचार शिविर

    • स्वास्थ्य पेज

  • २० पुष २०८०, शुक्रबार

नेपालगन्जः बढैयाताल गाउँपालिका वडा नं.२ जमुनी बर्दियास्थित स्वास्थ्य चौकीमा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न भएको छ । नेपालगन्ज-६ स्थित ब्रिनोज कान सामुदायिक सेवाद्धारा सञ्चालित ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रको आयोजना र बढैयाताल गाउँपालिकाको समन्वयमा भएको शिविरमा १८८ जनाले सेवा लिएका थिए । त्यसक्रममा ४५ जनामा कान पाक्ने समस्या भएका रोगीहरु फेला परेको केन्द्रका आउट रिच इन्चार्ज भिषण कुमार थारुले जानकारी दिनुभयो । सेवा लिनेमा १०२ जना महिला र ८६ जना पुरुष रहेका थिए ।

बिरामीहरुको इन्चार्ज थारुसँगै कान चिकित्सक दामोदर चौधरीले चेकजाँच र परामर्श सेवा दिनुभएको थियो । मानिसहरुले कानको समस्या जटिल भइसकेपछिमात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन् । जसका कारण स्वास्थ्यमा पनि थप समस्या बल्झिने र खर्च पनि हुने भएकाले कान स्वास्थ्यलाई विशेष ख्याल गर्न चिकित्सकहरु सुझाउँछन् । नियमित कानको चेकजाँच र परामर्श सेवा लिन यस्ता शिविरले मानिसहरुलाई सचेत पार्ने इन्चार्ज थारुको भनाइ छ ।

  • २० पुष २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech