राजापुर– गेरुवा– भौंरा टप्पा मञ्चको कार्यक्रममा ३० जनाले गरे रक्तदान

    • स्वास्थ्य पेज

  • ७ पुष २०८०, शनिबार

नेपालगन्जः राजापुर– गेरुवा– भौंरा टप्पा मञ्च, बाँकेद्धारा आज गरिएको रक्तदानमा ३० जनाले रगत दिएका छन् । राजापुर क्षेत्रमा जन्मेर बाँकेमा विभिन्न पेशा, व्यवसाय र सामाजिक सेवामा क्रियाशिल व्यक्तीहरुको साझा संस्थाका रुपमा संगठित मञ्चले भेरी अस्पताल परिसरस्थित रक्त सञ्चार सेवा केन्द्रमा रक्तदान कार्यक्रम गरेको हो ।

मञ्चका अध्यक्ष विरेन्द्र श्रेष्ठले राजापुरकी चेली निशा पुरी थापा र नैना ज्ञवाली चापागाइँलाई रक्त ब्याग हस्तान्तरण गरेर रक्तदान शुभारम्भ गर्नुभयो । मन्चका सल्लाहकार कृष्णजंग शाह, कृष्ण जैशी, चक्र बन्धु शर्मा, चन्द्र गुरुङ लगायत बिशिस्ट व्यक्तित्वको उपस्थितिमा गरिएको रक्तदानमा ३० जनाले रक्तदान गर्नु भएको हो ।

उपचारका क्रममा रगत अभावले समस्या ब्यहोर्नु नपरोस् भन्ने हेतुले राजापुरबासीलाई प्राथमिकतामा राखेर रक्तदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । रक्तदातालाई हार्दिक धन्यवाद दिदै उहाँले आगामी दिनमा पनि मानवीय सेवा लगायतका कार्यलाइ निरन्तरता दिइने जानकारी दिनुभयो ।

  • ७ पुष २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech