७२ घण्टापछि डा.केसीको अनसन तोडियो

    • स्वास्थ्य पेज

  • २ पुष २०८०, सोमबार

नेपालगन्जः चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले ७२ घण्टापछि अनसन तोड्नु भएको छ । गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उहाँले आज धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोड्नु भएको हो ।

धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बस्नु भएका केसी अनसन तोडेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुनु भएको छ डा.केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गर्नुभएको थियो ।

७२ घण्टा पूरा भएपछि उहाँले अनसन तोड्नु भएको हो ।

  • २ पुष २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech