नारायणकाजीलाई भेट्न प्रचण्ड अस्पतालमा

    • स्वास्थ्य पेज

  • २० मंसिर २०८०, बुधबार

नेपालगन्जः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । छातीमा समस्या भएपछि उपचारका लागि शहीद गंगालाल हृदयरोग केन्द्र भर्ना भएका गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा मन्त्री श्रेष्ठको उपचार गरिरहेको छ । आंशिक अवरोध रहेको भागमा समेत डा. मास्केसहितको चिकित्सकको टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको छ ।

  • २० मंसिर २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech