नेपालगन्जः चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि भोलि सोमबार तोकिएको प्रस्तुति र अन्तर्वार्ता स्थगित भएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल संयोजक र प्रा.डा. रमेशकान्त अधिकारी र प्रा. डा. बुद्धिबहादुर थापा सदस्य रहेको सिफारिस समितिले १२ जनाको नाम सिफारिस गर्दै सोमबार बिहान ८ बजे प्रस्तुति र अन्तर्वार्ताको समय निर्धारण गरेको थियो ।
तर, समितिले अन्तिम समयमा प्रस्तुति र अन्तर्वार्ता स्थगित गरेको सूचना जारी गरेको छ । प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मका लागि निर्देशक पदको प्रस्तुति र अन्तर्वार्ता स्थगित गरिएको सूचनामा उल्लेख गरेको छ ।
शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार भागबन्डाको कारण प्रस्तुति र अन्तर्वार्ता रोकिएको हो ।