वीर अस्पतालका निर्देशक डा. पौडेलको जिम्मेवारी खोसियो

    • स्वास्थ्य पेज

  • १६ मंसिर २०८०, शनिबार

नेपालगन्ज:वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई पदबाट हटाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उहाँको पदीय जिम्मेवारी खोस्नु भएको हो ।

निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भनिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजिर हुन पत्र पठाइएको बताउनुभयो ।

डा. पौडेलमाथि नेकपा एमालेको क्रियाशील सदस्यको रुपमा काम गरेको उजुरी परेको थियो । सोही उजुरीमाथि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरी मन्त्रालयलाई कारबाहीको सिफारिस गरेको थियो ।

यद्यपि, डा. पौडेलले आफू कुनै दलमा सक्रिय नभएको र उजुरीको विषय यसअघि नै टुंगिसकेको बताउँदै आउनु भएको छ।उहाँ २०७९ फागुनमा दुई वर्षे कार्यकालका लागि वीरको निर्देशक नियुक्त हुनु भएको थियो।

  • १६ मंसिर २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech