नेपालगन्ज कनक्लेभः खेलकुदसँग शिक्षा र स्वाथ्यको कडी किन टुट्यो ?

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०८०, शुक्रबार

नेपालगन्जः कनक्लेभमा समाज, रोजगारी, उद्यमशिलता, पर्यटन, खेलकुद, समाज, शिक्षालगायतका विषयमा मन्थन भएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुन लागेको नवौं धारा नेपालगन्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा सम्बद्ध क्षेत्रका जानकारहरुले मन्थनमा भाग लिएका छन् । ६ वटा सत्रमा भएको कन्क्लेभमा मदन पुरस्कार २०७९ का विजेता विवेक ओझादेखि राजेश हमालसम्म सहभागी हुनु भएको थियो ।

कनक्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको कडी: शिक्षा, स्वाथ्य र खेलकुद्’ मा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल, विद्यालय सन्चालक शशी स्वार, मुटुरोग विशेषज्ञ डा. विकास नेपाल, म्याराथन धाविका सन्तोषी श्रेष्ठ सहभागी हुनु भएको थियो । सेसनको मोडेरेसन पत्रकार प्रकाश तिमिल्सेनाले गर्नुभएको थियो । मुटुरोड विशेषज्ञ डा. विकास नेपालले स्वास्थ्यलाई ठिक राख्नका लागि र नसर्ने रोगबाट बच्नका लागि खेलकुद जरुरी रहेको बताउनुभयो ।

‘अस्वस्थ व्यवहारले लाग्छन् । नसर्ने रोगबाट विश्वमा वार्षिक ४ करोड मानिसको मृत्यु हुन्छ, जुन कुल मृत्युको ७५ प्रतिशत हो,’ उहाँले भन्नुभयोे । बालबाबालिकालाई मोडलको रुपमा व्यवहार गरेर देखाउनुपर्ने उहाँको भनाइ छ । ‘स्कृन टाइम बढी हुँदा बालबालिका अल्छी भएका छन् । त्यसकारण घरैदेखिबाट शारीरिक कसरतलाई प्रथाथमिकता दिनुपर्छ । विद्यालयले नै यसखालको बानीको विकास गराउनुपर्छ,’ उहाँले उल्लेख गर्नुभयो ।

कम्तिामा हप्ताको पाँच दिन प्रत्येक दिन ३० मिनेट शारीरिक व्यायाम गर्न जरुरी रहेको उहाँको भनाइ छ । ‘हिडेर पुग्न सकिने ठाउँमा गाडीको प्रयोग नगरौँ । बरु साइकल चढौँ । रातो र बोसोयुक्त मासु कम खानु पर्छ । पानी धेरै खानु पर्छ । धुम्रपान गर्नु हुँदैन । मुुटुजन्य रोग ५० वर्षमाथिकालाई हुन्छ भन्ने थियो, अहिले १८ वर्षकालाई पनि हार्टअट्याक भइरहेका छन्,’ उहाँले औँल्याउनुभयो ।

  • ८ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech