गाईको दुध स्वास्थ्यका लागि लाभदायक भन्ने हामीलाई थाहै छ । दुध सहजरुपमा उपलब्ध पौष्टिक आहार हो । हरेक उमेरका मानिसका लागि दुध अत्यधिक लाभकारी हुन्छ ।
दुधमा के पाइन्छ ?
माछामासु नखाने व्यक्तिहरुका लागि दुध प्रोटिनको मुख्य स्रोत हो । दुधलाई यसकारण पनि पूर्ण भोजन मानिन्छ कि यसमा प्रोटिन, फ्याट, कार्बोहाइड्रेट तथा ती सबै भिटामिन र मिनरल्स पाइन्छन् जुन राम्रो स्वास्थ्यका लागि आवश्यक हुन्छ ।
कसरी पिउने ?
दुधमा उपलब्ध यति धेरै पोषक र पाचक गुणका कारणले यसलाई आयुर्वेदमा एउटा छुट्टै स्थान दिइएको छ । तर, आयूर्वेदनका अनुसार दूधबाट स्वास्थ्य लाभ लिनका लागि सबैभन्दा पहिले यो थाहा पाउनुपर्छ कि यसलाई कतिबेला र कसरी पिउने हो ?
१. दूधलाई मिल्क सेक बनाएर नपिउने
आयुर्वेदका अनुसार दूधलाई मिल्कसेकको रुपमा पिउनु स्वास्थ्यका लागि ठिक छैन । दूधमा काँचो फल, केरा, आप आदि मिलाएर खानु हुँदैन ।
२. दुधमा केरा नमिसाउने
केरालाई दूधसँग मिलाएर खानु हुँदैन किनकी यसबाट शरीरमा टक्सिन जम्मा हुन थाल्छन् । यसले गर्दा रुघा, खोकी, ज्वरो एलर्जी र छालाका समस्याहरु उत्पन्न हुन्छन् ।
३. दुध पिउने विशेष समय
आयुर्वेदका अनुसार हरेक दिन दूध पिउने एउटा विशेष समय हुन्छ । उक्त समयमा दूध पिउँदा तपाईंले बढिभन्दा बढि फाइदा लिन सक्नुहुन्छ ।
आयुर्वेद विशेषज्ञहरुका अनुसार दूध बिहानै वा राति सुत्नुअघि पिउनु मुनासिब हुन्छ । यसबाट अत्यधिक लाभ लिनका लागि यसमा अश्वगन्धा वा त्रिफला मिलाएर पिउनुपर्छ । यसबाट तपाईंलाई राति राम्रो निद्रा पर्छ भने आँखालाई पनि यसले फाइदा पुग्छ ।
४. रातमा दूध पिउँदाका फाइदा
दूध पिउने सबैभन्दा उपयुक्त समय राति सुत्नुअघि नै हो । आयुर्वेदका अुनसार दूधमा सेडेटिभ गुण पनि हुन्छ जसको कारणले रातमा यसलाई पिउँदा यसमा हुने सेरोटोनिनले अतपाईंलाई शान्त बनाउँछ र राति मिठो निद्रा पर्छ । यसका अलावा दूधमा क्याल्सियमको अत्यधिक मात्रा हुने कारणले यसलाई राति पिउँदा सजिलै शरीरमा अवशोषित हुन्छ ।
५. राती पचाउन नसके बिहान
पुराना मान्यताहरुको कुरा गर्दा दूध बिहान पिउनुपर्छ ताकि यो सजिलै पच्न सकोस । आजकालको जीवनमा जो मानिसहरु एक्सरसाइज गरेपछि बिहान दूधको सेवन गर्छन्, उनीहरुलाई एसिडीटी हुन सक्छ । त्यसैले दूध वा चियाँसँग बिस्कुट-पाउरोटी खान सल्लाह दिइन्छ ।
६. मसल्स बनाउनलाई राति पिउने
आफ्नो मांशपेशी बलियो बनाउन चाहने व्यक्तिहरुले रातमा दूध पिउँदा यसमा हुने प्रोटीनले उनीहरुलाई अत्यधिक फाइदा गर्छ । पोषणविदहरुको भनाईमा राति सुत्नुअघि कुनै पनि कुरा खानाले शरीरमा उर्जाको सञ्चार पनि हुन्छ ।
७. साँझ परेपछि पिउने
साँझ परेपछि कुनै पनि बेला दूध पिउनु स्वास्थ्यका दृष्टिले सुरक्षित मानिन्छ ।