डब्लूएचओको दक्षिण–पूर्वी एसिया निर्देशकमा नेपाल पराजित

    • स्वास्थ्य पेज

  • १५ कार्तिक २०८०, बुधबार

नेपालगन्ज: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा नेपाल पराजित भएको छ। यो चुनावी परिणामसँगै नेपालले कुटनीतिक पराजय भागेको छ। बंगलादेशकी उम्मेदवार साइमा वाजेदसँग नेपालका उम्मेदवारी शम्भुप्रसाद आचार्य पराजित हुनु भएको हो।

वाजेद बंगलादेशका प्रधानमन्त्री शेख हसिनाकी छोरी हुनुहुन्छ । डब्लुएचओ सेरोमा नेपालसहित ११ सदस्यीय राष्ट्र रहेका छन्। ११ देश सदस्य रहेकोमा नेपालले जम्मा दुई मत पाउँदा बंगलादेशले ८ मत पाएको छ। जसमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, उत्तरकोरिया, इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड र म्यानमार रहेका छन्।

संगठनको हाल क्षेत्रीय निर्देशक पदमा भारतका डा. पुनम क्षेत्रपाल सिंह हुनुहुन्छ । भारतले दोस्रो कार्यकालमा निर्वाचित हुँदा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाए पनि पूरा गरेन। यो चुनावमा नेपाललाई सहयोग गर्ने शर्तमा भारतले अघिल्लो दुई कार्यकाल निर्वाचित भएको थियो।

  • १५ कार्तिक २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech