विभिन्न ८ वटा सेवा प्रवाह गर्दै गेटा अस्पताल संचालनमा

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०८०, मंगलवार

नेपालगन्जः कैलालीको गेटा अस्पताल  आजदेखि संचालमा आउने भएको छ। अस्पतालमा विभिन्न ८ वटा सेवा प्रदान गर्नेछ। जनरल ओपिडी, हाडजोर्नी तथा नशारोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी ओपिडी, अल्ट्रासाउण्ड सेवा, एक्स रे सेवा, प्रयोगशाला सेवा र फार्मेसी सेवा उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ ।

यसैगगरी अस्पतालले कार्तिक महिनाभित्र एमसिएच क्लिनिक, मंसिरभित्र खोप सेवा बिस्तार, पुसभित्र इमरजेन्सी सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र आइसियू र एनआइसियू सेवा बिस्तार गर्ने जनाएको छ।

अस्पतालमा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मीगरी २६ जना कर्मचारी हाजिर भइसकेका छन् भने न्यूनतम सेवा सञ्चालनका लागि मेडिकल सामाग्रीहरु आइपुगेका छन्। कैलाली जिल्लाको गेटामा मेडिकल कलेज सञ्चालन गर्न मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिले एक सय शय्याको अस्पताल भवन, आवासहरु एंव प्रशासनिक भवनहरु निर्माण गरिसकेको छ।

  • ३० आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech