६८ औं प्रहरी दिवस: इप्रका बानियाँभारले गर्‍यो बृहत् रक्तदान

    • स्वास्थ्य पेज

  • २७ आश्विन २०८०, शनिबार

नेपालगन्ज: ६८ औं प्रहरी दिवसको अवसरमा बर्दियाको बानियाँभारमा आज बृहत् रक्तदान कार्यक्रम गरिएको छ । इलाका प्रहरी कार्यालय बानियाँभारको आयोजना, जिल्ला प्रहरी कार्यालयको संरक्षण तथा नेपाल स्वंमसेवी रक्तदान समाज र नेपाल रेडक्रसको सहयोगमा रक्तदान कार्यक्रम गरिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसक्रममा बोल्ने वक्ताहरुले रक्तदान नै जीवन दान भएकाले उमेर समुह पुगेका हरेक व्यक्तिले रक्तदान गर्नु पर्ने बताए । उनीहरुले रगत अभावमा कसैको पनि ज्यान जान नहुने भन्दै यस्तो मानवीय सेवामा समर्पित हुन सबैलाई आह्वान समेत गरे ।

बानियाँभार प्रहरीले प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेर सह्रानिय कार्य गरेको भन्दै सहभागीहरुले प्रंशसा समेत गरेका थिए ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबिलाल थारु, नेपाल रेडक्रस सोसाइटी जयनगर उपशाखा सभापति श्रीराम थारु, नेपाल स्वंमसेवी रक्तदान समाजका नगर संयोजक शंकर थारु, समाजसेवी पुष्कर कुमार विष्ट लगायतले बोल्नु भएको थियो । बृहत् रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका थिए ।

  • २७ आश्विन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech