मानिसहरू स्वस्थ जीवनशैली अवलम्बन गर्नका लागि फरक–फरक ड्रिंक आफ्नो खानाको रुटिनमा समावेश गर्छन् । कसैले कागतीपानी त कसैले धनियाँ पानी रुटिनमा समावेश गरेका हुन्छन् । हिजोआज क्लोरोफिल वाटर पिउनेको संख्या पनि बढ्दो छ । यसका धेरै फाइदा छन् ।
क्लोरोफिल एक किसिमको स्वस्थ पानी हो, जसले तपाईंको शरीरलाई धेरै पोषक तत्व दिन्छ । क्योरोफिल वाटर छालाका लागि निकै फाइदाजनक मानिन्छ । यसमा रहेको भिटामिन र एन्टिअक्सिडेन्टले छालालाई हाइड्रेट राख्छ । यसले छालामा नेचुरल ग्लो कायम राख्छ ।
यसमा रहेको एन्टिअक्सिडेन्ट र भिटामिनले मेटाबोलिजमलाई बुस्ट गर्छ । जसकारण, तौल घटाउन सहयोग मिल्छ । त्यस्तै पाचन शक्ति पनि बढ्छ । रोगप्रतिरोधी क्षमता बढाउन पनि क्लोरोफिल वाटर सहयोगी हुन्छ । यसमा रहेको एन्टिअक्सिडेन्ट र भिटामिनले फ्री रेडिकल्सको प्रभावबाट बचाउँछ ।