स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौला निलम्बित

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०८०, शुक्रबार

नेपालगन्जः स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौला निलम्बित हुनु भएको छ । सरकारले निर्देशक बसौलालाई तीन महिनाका लागि निलम्बन गरेको होे ।बसौलालाई आज निलम्बनको पत्र दिइएको छ।

स्वास्थ्य मन्त्री मोहन बस्नेतले कार्यकारी निर्देशक बसौलाले स्वास्थ्य बीमालाई हानी गर्ने काम गरिरहेको भन्दै निलम्बन गरेको हो । पत्रमा स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ।

कार्यकारी निर्देशकको जिम्मेवारीमा राख्दा बीमालाई हानी पुग्नुका साथै निर्देशकले प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गरिएको विषय पनि पत्रमा उल्लेख छ।

बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि असोज ४ गते तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उहाँलाई निलम्बन गरिएको हो ।

  • २६ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech