नेपालगन्जः भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा.ऋषिकेश नारायण श्रेष्ठलाई नियुक्त गरिएको छ । डा श्रेष्ठ सोही अस्पतालमा कार्यरत सिनिअर कन्सल्टेन्ट सर्जिकल अंकोलोजिस्ट हुनुहुन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले श्रेष्ठलाई आर्थिक अधिकारसहितको निर्देशकको जिम्मेवारी दिनुभएको हो । यही असोज २६ गतेको मन्त्रीस्तरीय निर्णयमार्फत डा.श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको जिम्मेवारी दिइएको हो ।