नेपालको महिलाहरुमा पाठेघरको मुखको क्यान्सर प्रमुख क्यान्सरको रुपमा रहेको छ भने विश्वभरका सबै उमेरका महिलाहरुमा हुने चौथो सबै भन्दा common (सामान्य) क्यान्सर रहेको छ । पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) महिलाहरुमा लाग्ने क्यान्सरहरु मध्य सबै भन्दा ठुलो समस्याको रुपमा रहेको छ ।
नेपालमा महिलाहरुमा हुने क्यान्सर मध्य पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) पहिलो स्थानमा रहेको छ । Cervical Cancer का लगभग सबै केस Human Pappiloma Virus (HPV) को कारणले हुन्छन् । नेपालको तथ्याकं हेर्दा पाठेघरको मुखकोे क्यान्सर हुने घटना प्रतिलाखमहिलामा १६.४ रहेको देखिन्छ । सो क्यान्सरको Screeningद्धारा रोकथाम गर्न सकिए पनि यसले प्रति १,००,००० मा लगभग ११ महिलाको ज्यानलिने गर्दछ ।
पाठेघरको मुखको क्यान्सर मध्य ९५ प्रतिशतभन्दा बढि क्यान्सर एच.पि.भी.ले गराउँदछ । HPV भाईरसको २०० भन्दा बढी किसिमका प्रजाती हुन्छन र यस मध्यकम्तीमा १२ प्रजातीहरु पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारण मानिन्छन भने यस मध्यपनि १६ र १८ प्रजाती प्रमुख कारक हुन । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारण HPV को १६ र १८ जातिबाट भएको देखिन्छ । यसको संक्रमण मुख्यत यौन सम्पर्कबाट हुन्छ ।
नेपालमा पाठेघरको मुखको क्यान्सरको अवस्था
नेपालमा गरिएको विभिन्न अध्ययनहरुले नेपालमा क्यान्सर रोगको दर र जोखिम दिनानुदिन बढदै गएको देखाउँदछ । त्यसमापनि महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्य पाठेघरको मुखको क्यान्सर सवैभन्दा धेरै हुने पाईएको छ । नेपाल सरकारको सन् २०१० को प्रतिवेदन अनुसार पाठेघरको मुखको क्यान्सर फोक्सोको क्यान्सर पछि दोस्रो स्थानमा रहेको पाईएको थियो भने सन २०१३–२०१५ को अध्ययनमा पनि सोही अवस्था देखिएको छ ।
२७,४८३ जना महिलाहरुमा गरिएको अध्ययन अनुसार Age Standardized incidence प्रति १,००,००० महिलामा सन २०१३ मा ३९.१ रहेको र सो Incidence सन २०१५ मा ४१.८ पुगेको देखिन्छ । National Cancer Registry Program (NCRP) BPKMCH को अध्ययनको २०२० को प्रतिवेदनमा २२४४ जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर देखिएकोमा १४९३ जना, ६६.५ प्रतिशत सोको कारण मुत्यु भएको प्रतिवेदनमा देखिएको छ ।
पाठेघरको मुखको क्यान्सरको जाँच
नेपालमा पाठेघरको मुखको क्यान्सरको (Screening) मुख्य दुई तरिकाबाट गरिन्छ । Pap Smear र VIA (Visual Inspection by Acetic acid) । यस बाहेक Liquid based cytology र HPV DNA Testing पनि गर्न सकिन्छ । PAP smear र VIA गर्न सजिलो र Cost effective भएकाले सो Screening नेपाल सरकारले अपनाएको छ । Screening का लागि लक्षित उमेर समुह ३०-६० बर्ष र अन्तराल ५ बर्ष रहेको छ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि Screening एक प्रभावकारी रोकथाम रणनीतिकोे रुपमा मान्यता दिइएको छ । सो क्यान्सर सग सम्बन्धित घटना र मृत्युलाई कम गर्न नियमित जाँच, Screening उपचार अनिवार्य हुन्छ । नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरका परिक्षण (Screening) निःशुल्क उपलब्ध गराएको छ ।
पाठेघरको मुखको क्यान्सरको रोकथामका उपाय
HPV बिरुद्धको खोप लगाएर पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । विश्व स्वास्थ्य संगठन (WHO) ले HPV बिरुद्धको खोप ९-१३ वर्षका किशोरीलाई सिफारिस गरेको छ भने नेपाल सरकारले १३-१९ बर्ष उमेर समुहकाबालिकालाई सिफारिस गरेको छ । यदि ९ बर्षमा खोप लगाउन सुरु गरिएको छ भने २ डोज (पहिलो खोप लगाएका ६-१२ महिनामा र १५ बर्षमा सुरु गरिएको छ भने ३ डोज (पहिलो खोप लगाएको १-२ महिनामा दोस्रो र ६ महिनामा तेस्रो) दिईन्छ ।
नेपाल सरकारले जुलाईको पहिलो हप्तामा ज्एख् विरुद्धकोखोपको २०,००० डोज प्राप्त गरेको छ जुन छनोट भएका जिल्लाका १०,००० बालिकाहरुलाई लगाउने लक्ष्य राखेको छ । खोप पर्याप्त नभएकाले हाल १४ बर्ष पुगी १५ बर्ष नकटेको बालिकाहरुलाई खोप अभियान चलाएको छ । सो अभियान भदौ २७ गते देखि आश्विन १० गते सम्म सातै प्रदेशका ६ संघिय अस्पताल र कर्णालीप्रदेशको सुर्खेत प्रदेश अस्पताल बाट खोप सेवा संचालन भएको छ ।
HPV विरुद्धको खोपको पहिलो मात्रा अहिले दिइनेछ र दोस्रो मात्रा ६ महिनापछि दिइनेछ । यि दुई मात्राले पाठेघरको मुखको क्यान्सर विरुद्ध ९५% सुरक्षा प्रदान गर्ने भनिएको छ । यसअघि सरकारले आर्थिक वर्ष २०७२ ०७३ (सन २०१६-२०१७ं)मा चितवन र कास्की जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्ध नमुना खोप अभियान सञ्चालन गरेको थियो । नेपाल सरकारले गाभि संगको सहकार्यमा सन २०२४ बाट देशै भरि लक्षित उमेर समुहकाकिशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (HPV Vaccine) संचालन गर्ने योजना बनाएको छ ।