नेपाल युवा उधमी मंच बाँकेमा डा. नितेशको नेतृत्व

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०८०, शनिबार

नेपालगन्ज: नेपाल युवा उधमी मंचको १३ औं शाखा नेपालगन्जमा स्थापना भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सह-निर्देशक डा.नितेश कुमार कनोडियाको अध्यक्षतामा नेपालगन्ज शाखा बिस्तार भएको हो ।

बाँके र बर्दिया क्षेत्र आसपासका युवा उधमी र उधमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ शाखा स्थापना भएको डा.कनोडियाले जानकारी दिनुभयो ।

नेपालगन्ज शाखामा २७ जना सदस्य रहेका छन् । कार्यसमिति भने ११ सदस्यीय रहेको छ । लुम्बिनी प्रदेशमा रुपन्देहीपछि यो दोस्रो शाखा हो । यो भन्दा अघि नेपालमा १२ शाखा स्थापना भैसकेका छन् ।

  • ६ आश्विन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech