अस्पताल नपुग्दै मृत्यु भइसकेको थियो नेम्वाङको

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०८०, मंगलवार

नेपालगन्ज: संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अस्पताल नपुग्दै मृत्यु भइसकेको चिकित्सकले बताएका छन्। नेम्वाङलाई मंगलबार बिहान १:५० बजे अस्पताल पुर्‍याइएको थियो। परिवारका सदस्य र सहयोगीले उनलाई अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएका थिए।

नेम्वाङको ‘उपचार’मा संलग्न १ जना चिकित्सकका अनुसार आकस्मिक कक्षमा पुर्‍याइँदासम्म नेम्वाङ जीवित रहेको कुनै संकेत थिएन। यद्यपि मुटुको चाल फर्किन्छ कि भनेर सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरिएको थियो। ‘१:५० बजेतिर अस्पताल ल्याइएको थियो।

आकस्मिक कक्षमा जीवित रहेको कुनै साइन नै नभए पनि हामीले मुटुको चाल फर्कन्छ कि भनेर सीपीआर गरेका थियौं। नभएपछि कन्फर्म डेथ डिक्लेयर गरेका हौं,’ ती चिकित्सकले भने। परिवारका सदस्यले नेम्वाङलाई शौचालयमा बेहोस अवस्थामा भेटेको भनेर अस्पतालमा जानकारी दिएका थिए।

‘शौचालयमा बेहोस् अवस्थामा भेटेपछि अस्पताल ल्याइएको भनेर परिवारका सदस्यले जानकारी गराउनुभएको थियो,’ अस्पताल स्रोतले भन्यो। नेम्वाङलाई सोमबारदेखि नै ज्वरो देखिएको थियो। सोमबारको जाँचमा नेम्वाङलाई १०२ डिग्री ज्वरो समेत देखिएको थियो।

 

 

  • २६ भाद्र २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech