नेपालगन्जः के तपाईंलाई थकान महसुस हुने, मांसपेशी तथा हड्डी दुख्ने, खान मन नलाग्ने, जिउ घट्दै जाने अथवा शरीरमा शक्ति नभएजस्तो हुनेलगायत समस्या छन् रु भिटामिन डीको कमीका कारण पनि भएको हुन सक्छ ।
समयमै उपचार नगराए यसले थप समस्या निम्त्याउन सक्छ । कतिपयले हड्डी तथा माशंपेशी दुखाइ, थकान, कमजोरीलगायत समस्यालाई सामान्य रुपमा लिने गर्छन् । धेरैले घरेलु उपचार गर्दै सहेर बस्ने पनि गरेको पनि पाइन्छ । तर भिटामिन डीको कमीका कारण यस्ता समस्या आउँछ भनेर कमैले मात्र ख्याल गरेका हुन्छन् ।
शरीरका लागि अत्यावश्यकमध्येको एक हो( भिटामिन डी । बालबालिका, वयस्क र प्रौढ जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि तन्दुरुस्त रहन यो भिटामिन डी चाहिन्छ । बालबालिकामा त भिटामिन डीको कमी भएमा वृद्धि विकास ढिलो हुने, धेरैबेर उभिन नसक्ने तथा खुट्टा नै बांगिनेसम्मका समस्या देखिन सक्छन् ।
चिकित्सकहरुका अनुसार घामको सम्पर्कमा नबस्दा, केही औषधिको प्रयोग र खानपानका कारण पनि शरीरमा भिटामिन डीको कमी हुन सक्छ । जुन पहिचान भएमा सामान्य उपचारमै निको पार्न सकिन्छ । समस्या देखिनासाथ परीक्षण गराएमा यसको पहिचान र सहजै उपचार गर्न सकिने चिकित्सकहरु बताउँछन् । त्यसैले समस्यालाई सामान्य ठानेर पीडा सहँदै घरेलु उपचारमै नअल्झिन पनि चिकित्सकले सुझाएका छन् ।