नेपालगन्जः डा प्रज्वल कोइराला तीन दिनदेखि बेपत्ता भएको खवर प्राप्त भएको छ । हराएको तीन दिन भइसक्दा पनि सप्तकोशी नदीको फुल छेउमा गाडी छोडेर बेपत्ता भएका झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय सर्जन डा प्रज्वल कोइरालाको अवस्था अझै अज्ञात रहेको छ।
गत सोमबार बिहानदेखि सप्तकोशी नदीको पुल छेउमा गाडी, जुत्ता र मोबाइल छोडेर बेपत्ता भएका कोइरालाको अवस्था अज्ञात छ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयाँलले उहाँको अवस्था अझै अज्ञात रहेको जानकारी दिनुभयो।
झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लावारीमा जनरल सर्जनको रूपमा कार्यरत रहनु भएको थियो ।