बालिका मृत्यु प्रकरणः गुल्मी अस्पतालमा तनाव, डाक्टरमाथि कुटपिट

दोषीलाई कारबाहीको माग गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द


    • स्वास्थ्य पेज

  • १२ भाद्र २०८०, मंगलवार

नेपालगन्जः उपचारका क्रममा बालिकाको ज्यान गएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको छ। बालिकाको मृत्यु भएपछि चिकित्सकमाथि कुटपिट हुँदा गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ।

मंगलबार बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि एक समूहले अस्पताल प्रमुख डा राजेन्द्र जिसीमाथि कुटपिट गरेको थियो। बिरामीका आफन्तले उपचारमा लापरबाही भएको भन्दै प्रदर्शन गरेका थिए।

‘यस्ता किसिमका गतिविधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी असुरक्षित भई नियमित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण नभएकाले दोषीलाई कारबाही तथा सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मको लागि अति आवश्यक (आकस्मिक) बाहेकका अन्य सेवा बन्द गरिएको अस्पतालका कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस् विज्ञप्ति

  • १२ भाद्र २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech