३ बुँदे सहमतिपछि अस्पतालमा उत्पन्न तनाव साम्य

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०८०, मंगलवार

हस्पिटल अगाडि प्रदर्शन गर्दै आफन्तहरु ।

नेपालगन्जः धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयमा आफन्त र अस्पताल प्रशासनबीच तीन बुँदे सहमति भएको छ।

वार्तापछि मृतकका एमबीबीएस अध्य्यनरत छोराको पढाई खर्च ब्यहोर्ने, मृतकको २ छोरीहरुको विवाह खर्च ब्यहोर्ने र उपचारमा संलग्न डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने सहमति भएको आफन्त राजकुमार चौधरीले बताउनुभयो ।

पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका थिए।

  • १२ भाद्र २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech