सर्पदंशबाट बाँकेमा एक जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०८०, सोमबार

नेपालगन्जः सर्पदंशबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ स्थित लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँकी विद्यालय सहयोगी ३० वर्षीया सरिता चमारको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

भदौ ५ गते राती ओछ्यानमा सुतिरहेको अवस्थामा चमारलाई सर्पले टोकेको थियो । विहान चमार गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि भेरी अस्पताल पुर्याइएको थियो ।

उपचारका क्रममा पाँच दिनपछि आइतबार राती करिब ८ बजेतिर उहाँको मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech