लक्ष्मी सरस्वती पोलिक्लिनिकबाट विशिष्टिकृत सेवा

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०८०, सोमबार

नेपालगन्जः नेपालगन्जको गणेशमान चौकमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर प्रालिको सुभारम्भ गरिएको छ ।

विशिष्टिकृत सेवा थप गर्दै सेन्टरलाई स्तरीय बनाउँदै लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर सुभारम्भ गरिएको प्रमुख रवि चौरसियाले जानकारी दिनुभयो ।

पोलिक्लिनिकमा अवदेखि न्यूरो सर्जन डा.सुवोध गौतम र नेफ्रोलोजिष्ट डा.सौरभ हमालले सेवा दिनुहुने छ । एउटै थलोबाट सबै प्रकारका विशिष्टिकृत सेवा प्रवाह गर्ने पोलिक्लिनिकले परिकल्पना ।

‘सकेसम्म पोलिक्लिनिकलाई विशिष्टिकृत सेवा दिने थलोको रुपमा अगाडि बढाइएको छ डा.गौतमले भन्नुभयो–‘न्यूरो र नेफ्रोसँगै केही महिनाभित्र युरो सेवा दिनेपनि योजना छ ।’

सुभारम्भ कार्यक्रममा नेपालगन्जका चिकित्सक, स्वास्थ्यकर्मी, संचारकर्मीलगायतको सहभागिता रहेको थियो ।

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech