कुन अवस्थामा गरिन्छ पिसाब जाँच ?

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०८०, बुधबार

शरीरका विकार पिसाबमार्फत बाहिर निस्कने हुनाले विभिन्न रोगको पहिचानका लागि पिसाब जाँच अनिवार्य हुन्छ । पिसाब जाँचले मूत्र प्रणालीको अवस्थासहित अन्य धेरै मेडिकल र सर्जिकल अवस्थाबारे चिकित्सकलाई जानकारी दिने गर्छ ।

कारण 
अनेकौँ रोगका लागि पिसाबमार्फत अनेकौँ जाँच गर्न सकिन्छ । साधारणतया बहिरंग र अन्तरंग विभागबाट पठाइने जाँच भनेको सामान्य पिसाब जाँच मात्र हो । सामान्यतया निम्न अवस्थामा पिसाब जाँच गर्ने गरिन्छ :
– पिसाब पोल्ने
– पिसाबमा रगत देखा पर्ने
– साबिकभन्दा छिटो पिसाब लाग्ने
– पिसाब निख्रिएर नआउने
– पिसाबको धारा मसिनो आउने
– अन्डकोष तथा तल्लो पेट दुख्ने
– कोखा दुख्ने र कामज्वरो आउने
– पिसाब चुहिने समस्या
– मूत्र प्रणाली तथा त्यसका वरपरका अंगसम्बन्धी कुनै शल्यक्रिया गर्नुपूर्व आदि ।

पिसाबमा के जाँच गरिन्छ ?

साधारणतया पिसाबको रङ, रूप, एसिडिटीको तह, सुगर र प्रोटिन हेरिन्छ भने माइक्रोस्कोपमा पिप, रगत, इपिथेलियम, कास्ट र क्रिस्टलका कणहरू हेरिन्छ । यसरी हेरिने एक–एक कुराको विभिन्न रोग निदान गर्न आ–आफ्नै महत्व हुन्छ । अन्य जाँचमध्ये पिसाब कल्चर, पिसाबमा क्यान्सरको कोष, विभिन्न किसिमका हर्मोनको जाँच, मूत्र प्रणालीको पत्थरीको विशेष जाँच इत्यादि हुन् ।

चिकित्सकले बिरामीको पिसाबबाट पिसाबको संक्रमण, मूत्र प्रणालीका केही रोग, मूत्र प्रणालीको क्यान्सर, मिर्गौलाको पत्थरीसम्बन्धी विभिन्न किसिमका अवस्थाबारे जानकारी लिने गर्दछन् ।

  • ६ भाद्र २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech