फर्मासिष्ट भन्दा फार्मेसीको संख्या दोब्बरले बढी हुँदा समस्याः स्वास्थ्य मन्त्री बस्नेत

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०८०, मंगलवार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले देशमा फर्मासिष्ट भन्दा फार्मेसीको संख्या बढी भएकाले समस्या भएको बताउनुभएको छ । युएसएआईडीको सहयोगमा औषधि व्यवस्था विभागले मंगलबारदेखि सुरु गरेको फर्मासिस्ट तथा फार्मेसी सहायकका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण अभ्यास सम्बन्धी क्षमता अभिबृद्धि तालीमको उद्घाटन सत्रमा मन्त्री बस्नेतले ऐन अनुसार फार्मासिस्ट विना फार्मेसी चलाउन नपाईने भएपनि अहिले देशमा फार्मास्टि भन्दा फार्मेसीको संख्या झण्डै दोब्बर भएको दाबी गर्नुभयो ।

दुई वर्षभित्रमा हालकै स्रोतसाधन, चुहावट नियन्त्रण, फजुल खर्च र अनुत्पादक क्षेत्रको रकम कटौती गरेर भए पनि जनताको आधारभूत स्वास्थ्य सेवा निःशुल्क र प्रभावकारी बनाउने विषयमा सरकारले जोड दिएको पनि उहाँको भनाइ छ ।

मन्त्री बस्नेतले अहिले पनि देशभर गरिब, निमुखा र असहाय नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न आफू लागिपरेको भन्दै समाजमा त्यस्ता समस्यामा परेका व्यक्ति भए सम्पर्क गराइदिन पनि अनुरोध गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रको बेथिति सुधार गरी जनतालाई सरल र सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो ।

  • ५ भाद्र २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech