बाल सुधार गृहबाट भागेका मध्ये १७० जना पक्राउ, ५ जना अस्पताल भर्ना

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०८०, सोमबार

नेपालगन्जः भक्तपुरको बाल सुधार गृहबाट भागेका १७० जनालाई प्रहरीले पक्राउ गरेको छ। सुधार गृहमा जम्मा २९७ जना रहेकोमा २२६ जना बालबालिका भागेका थिए। भक्तपुर प्रहरी परिसरका अनुसार ७६ जना बालबालिका भने भागेका थिएनन्।

भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भागेकामध्ये ८७ जनालाई काठमाडौंबाट र ८३ जनालाई भक्तपुरबाट नियन्त्रणमा लिइएको परिसरले जनाएको छ। अझै ५१ जना बालबालिका फरार छन्। उनीहरू उपत्यकाका तीनवटै जिल्लाबाट प्रहरी परिचालन भई खोजी जारी छ।

सोमबार दिउँसो २ बजे ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई आक्रमण गरेर मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट बालबालिकाहरू भागेका थिए। रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान रहस्यमी मृत्यु भएपछि आइतबार दिनभर सुधारगृहमा तनाब भएको थियो।

  • ४ भाद्र २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech