नेपालगन्ज: केयर सिटी अस्पताल एण्ड रिर्सच सेन्टर हस्पिटलले एक दिने निशुल्क स्त्री रोगको परामर्श सेवा दिने भएको छ ।
अस्पतालमा भोलि (शनिबार ) निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श हुने भएको हो ।
परामर्श सेवामा स्त्री तथा प्रसूति, निसन्तान तथा ल्याप्रोस्कोपिक सर्जन डा.राजन महतसँग निःशुल्क स्वास्थ्य परामर्श सेवा हुने अस्पतालका कार्यकारी निर्देशक सन्तोष शाहले जानकारी दिनुभयो।
स्त्री तथा प्रसूति बिशेषज्ञ डा. राजन महतले जाँच तथा परामर्श गर्नु हुने छ भने परामर्शपछि आवश्यक ल्याव परिक्षणमा २० प्रतिशत र अप्रेसनमा १० प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ ।
उहाँले भन्नुुुभयो-´नियमित स्वास्थ्य परिक्षण गरौं, स्वस्थ्य र निरोगी बनौ” कुरालाई मध्यनजर गर्दै हामीले निशुल्क परीक्षण तथा ल्याबमा छुटको व्यवस्था गरेका हौ ।’
स्त्रीरोग सम्बन्धी निसन्तान तथा बाझोपन, दुरबिन प्रबिधिबाट पाठेघरको अप्रेशन, योनिबाट सेतो पानी बग्ने र थाइराइडको सम्बन्धी परामर्श तथा बिभिन्न रोगको उपचार हुने शाहले बताउनुभयो ।