रसायन तथा मेडिकल आपूर्ति संघ बाँकेको अध्यक्षमा पाण्डे

    • स्वास्थ्य पेज

  • १ भाद्र २०८०, शुक्रबार

नेपालगन्जः रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केम्सन) बाँके शाखाको अध्यक्षमा कृष्ण प्रसाद पाण्डे चयन हुनु भएको छ । केम्सन बाँकेको पहिलो साधारण सभाबाट पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो ।

त्यस्तै संघको उपाध्यक्षमा रमेश रिमाल, विष्णुदेव बुढाथोकी सर्वसम्मत महासचिवमा चयन हुनु भएको निर्वाचन समितिका संयोजक बसन्त गौतमले जानकारी दिनुभयो ।

कोषाध्यक्षमा रन्जित सिंह र सदस्यमा रामवीर शाही र गंगा पहाडी (बराल) चयन हुनु भएको छ । यसपछि पाण्डे नेतृत्वको बाँके शाखाले एक जना सदस्य मनोनयन गर्नेछ ।

संघको प्रथम साधारण सभाको उद्घाटन केम्सन नेपालका केन्द्रीय अध्यक्ष भक्तबहादुर हमालले गर्नुभएको थियो । सभामा विभिन्न जिल्लाका शाखा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

४२ साधारण सदस्य रहेको केम्सन बाँके शाखामा यसअघिको तदर्थ समितिको अध्यक्षमा पाण्डे रहनु भएको थियो ।

  • १ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech