नेपालगन्जः नेपाल डेन्टल एशोसिएसन बाँकेको अध्यक्षमा डा.प्रतिक श्रेष्ठ चयन हुनु भएको छ । बाँकेमा रहेका डेन्टल चिकित्सकहरुको हालै सम्पन्न बैठकले दुई वर्षका लागि श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा डा. अर्शद रसिद, सचिवमा डा.पल्लभ कुमार उपाध्याय, सहसचिवमा डा. बिशेष शाह, कोषाध्यक्षमा डा.सपना तिवारी चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा डा. बेला अग्रवाल, डा.प्रज्ञा मल्ल, डा.राजिव मल्ल र डा.प्रतिभा शाही सुवेदी चयन हुनुभएको छ ।
श्रेष्ठ नेतृत्वको ९ सदस्यीय कार्यसमितिले दन्त चिकित्सकहरुलाई आइपर्ने समस्या समाधानको लागि पहल गर्ने र उपचारका सवालमा आउने नयाँ प्रविधिको ज्ञान एक आपसमा आदानप्रदान गर्ने मुख्य उद्देश्य राखेको छ ।