बाँके केम्सनको पहिलो साधारण सभा

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०८०, बिहीबार

नेपालगन्जः रसायन तथा मेडिकल आपूर्ति संघ (केम्सन) का अध्यक्ष भक्तबहादुर हमालले केम्सनका आबद्ध व्यवसायीलाई सरकारले हेर्ने दृस्ठिकोण सकारात्मक नभएको बताउनु भएको छ ।

सर्जिकल तथा ल्याब सम्बन्धि सामाग्रीहरुको कारोबार गर्नेको छाता संगठन केम्सन शाखाको प्रथम साधारण सभालाई सम्वोधन गर्दै उहाँले निजी क्षेत्रको ठूलो लगानी रहेको यो क्षेत्रमा सरकारी दृष्टिकोण भने न्यायपूर्ण नभएको बताउनुभयो ।

केम्सन बाँकेका अध्यक्ष कृष्ण पाण्डेको सभापतित्व एवम् केम्सनका केन्द्रिय अध्यक्ष भक्तबहादुर हमालको प्रमुख आथित्यतामा साधारण सभा सुरु भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्ने अन्य सहभागिहरुले केम्सनले गुणस्तरीय सामाग्री उपलब्ध गराउनतर्फ ध्यान दिन आग्रह गर्नुभयो । केम्सनमा आबद्ध व्यवसायीको हकहितको लागि सकारात्मक प्रयास भैरहेको बताउनुभयो ।

कार्यक्रममा केम्सनका केन्द्रिय महासचिव बिनोद मानन्धर, केन्द्रिय सदस्य बिजय खनाल, केम्सनका रुपन्देही अध्यक्ष बाबुराम बुढाथोकी, केम्सनका दाङका अध्यक्ष बालकुमार घर्ती लगायतले बोल्नु भएको थियो । अहिलेसम्म केम्सनका १५ वटा शाखा स्थापना भएका छन् भने ५ सय सदस्यहरु छन् ।

  • ३२ श्रावण २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech