सर्जिकल तथा ल्याब सामाग्री सप्लायर्सको साधारण सभा भोलि

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०८०, बुधबार

नेपालगन्ज: सर्जिकल तथा ल्याब सम्बन्धि सामाग्रीहरुको कारोबार गर्नेको छाता संगठन (केम्सन) बाँके शाखाको प्रथम साधारण सभा भोलि हुँदैछ।

भोलि साउन ३२ गते सर्जिकल तथा ल्याब सामाग्री सप्लायर्सहरुको बाँकेको पहिलो साधारण सभा हुन लागेको सचिव (बिष्णु देव बुढाथोकीले जानकारी दिएका छन् ।

रसायन तथा मेडिकल आपूर्ति संघ (केम्सन) को तदर्थ समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता र संघका केन्द्रीय अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्यसमेत रहेका भक्तबहादुर हमालको प्रमुख आतिथ्यतामा प्रथम साधारण सभा हुन लागेको सचिव बुढाथोकीले बताए।

सचिव बुढाथोकीका अनुसार अहिले केम्सनमा साधारण सदस्यको संख्या ३७ रहेका छन् । सोही दिनको साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने भएको छ।

साधारण सभा नेपालगन्जको सिदार्थ काटेजमा बिहान १० बजेदेखि सुरु हुने भएको बुढाथोकीले जानकारी दिएका छन् । ‎बाँकेस्थित केम्सन शाखाको २०७९ कार्तिक १९ गते पहिलो तदर्थ समिति गठन गरिएको थियो।

  • ३१ श्रावण २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech