म्याद थपका लागि सांसद शर्मालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

    • स्वास्थ्य पेज

  • २६ श्रावण २०८०, शुक्रबार

काठमाडौं: नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सुनील शर्मालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराईएको छ । सांसद शर्मालाई म्याद थपका लागि प्रकिया सुरु भएको छ ।

अहिले उनलाई सरकारी वकिल कार्यालय लगिएको छ । सरकारी वकिल कार्यालयमा लगेपश्चात उनलाई म्याद थपका लागि जिल्ला अदालत लगिनेछ । शर्मालाई बिहीबार सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेको थियो । शर्मा नेपाली कांग्रेसका सांसद हुन् ।

उनीसहित पक्राउ परेका अन्य सबैलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

  • २६ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech