धनगढी: गर्भपतन गराउने औषधि खाएर महिलाको मृत्यु भएपछि प्रहरीले क्लिनिक सन्चालकलाई पक्राउ गरेको छ।
धनगढी-१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको धनगढीस्थित अस्पताल लाइनम रहेको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खादाँ अत्यधिक रक्तश्राव भएर मृत्यु भएपछि क्लिनिक सन्चालक गोदावरी २ बस्ने २५ वर्षीय विनोद जोशीलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।
गर्भपतन गराउने औषधि खाएर अत्याधिक रक्तश्राव भएपछि उपचारका क्रममा थापाको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटना बिहिवारको हो। महिलाको मृत्युु भएपछि फरार रहेका जोशीलाई प्रहरीले हिजो नै पक्राउ गरेको जानकारी दिएको छ ।
उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।