उपचारका क्रममा हुने हरेक मृत्युको अडिट रिपोर्ट पठाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०८०, बुधबार

नेपालगन्ज: अब अस्पतालल उपचारका क्रममा हुने प्रत्येक मृत्युको अडिट रिपोर्ट तयार गर्नु पर्ने भएको छ । तयार भएको रिपोर्ट स्वास्थ्य सेवा विभागका पठाउनु पर्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारत बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचान गरी प्रतिवेदन पठाउन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयको मंगलबारको सचिवस्तरीय निर्णय अनुसार स्वास्थ्य मन्त्रालयकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले सबै अस्पताललाई अस्पतालमा मृत्यु भएकाको मृत्युको कारण पहिचान प्रतिवेदन पठाउन पत्राचार गर्नु भएको छ ।

स्वास्थ्य मन्त्रालयले सबै संघीय, प्रादेशिक, स्थानीय र निजी तथा सामुदायिक अस्पतालहरुलाई स्वास्थ्यसंस्थामा उपचारको क्रममा मृत्यु भएकाको मृत्युको कारण पहिचान गरी त्यसको प्रतिवेदन पठाउन पत्राचार गरेको हो ।

उक्त प्रतिवेदन स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखामा पठाउन मन्त्रालयले आग्रह गरेको छ । उक्त रिर्पोटले मृत्युको ट्रेन्ड कस्तो छ ? कुन रोग, के कारणले बढी मृत्यु हुँदो रहेछ ? भन्ने यर्थाथ जानकारी हुने भएकोले मृत्यु अडिट गर्न लागेको मन्त्रालयका अधिकारी बताउँछन् ।

  • १७ श्रावण २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech