नेपालगन्ज: वरिष्ठ स्त्रीरोग, टेस्ट ट्युब बेवि विशेषज्ञ एवम ल्याप्रोस्कोपिक सर्जन डाक्टर नुतन शर्माले नेपालगन्जको केयर सिटि अस्पतालबाट सेवा प्रवाह गर्न थालेपछि बाँझोपन सम्बन्धी समस्या भएका बिरामीहरुले उपचार सेवा पाउन थालेका छन् ।
थापाथलीस्थित नर्भिक अस्पतालमा सञ्चालनमा आएको नर्भिक आइभिएफ सेन्टर मार्फत डाक्टर शर्माले स्त्री रोग तथा बाँझोपन सम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा प्रदान गर्दै आउनुभएको छ ।
डा. शर्माले केयर सिटि अस्पतालबाट महिनामा दुई दिन नेपालगन्ज आएर सेवा दिन थालेपछि बाँझोपन सम्बन्धी समस्या भएको राहात पाएका छन् ।
यहि साउन १९ र २० गते डा. शर्माको उपस्थितिमा केयर सिटि अस्पतालमा निसन्तान सम्बन्धि समस्या, आइभिएफ तथा टेस्ट्युब बेवी, पाठेघर तथा स्तन क्यान्सर, थाइरोइड तथा महिलाहरुमा देखिने समस्याको निदान, उपचार र परामर्श सेवा प्रवाह हुने अस्पतालले जनाएको छ ।
२० वर्षदेखि प्रसूति तथा स्त्री रोग विशेषज्ञको रुपमा काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत डाक्टर शर्मा पछिल्लो समय काठमाडौंको थापाथली स्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कार्यरत रहनुभएको छ ।