कैदीबन्दीमा हाइपरटेन्सनको समस्या बढी

    • स्वास्थ्य पेज

  • १५ श्रावण २०८०, सोमबार

नेपालगन्ज: कैदीबन्दीमा हाइपरटेन्सनको समस्या बढी रहेको पाइएको छ । केन्द्रीय कारागार अस्पतालले सोमबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै धेरैजसो कैदीबन्दीमा हाइपरटेन्सनको समस्या बढी रहेको जनाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले कार्यक्रममा बोल्दै आर्थिक वर्ष २०७९–८० मा ६.८२ प्रतिशतमा हाइपरटेन्सन, ४.६२ प्रतिशतमा मानसिक रोग, ३.५२ प्रतिशतमा मधुमेह, ३.३८ प्रतिशतमा फंगल इन्फेक्सन, ३.२८ प्रतिशतमा ग्याष्ट्रिक, १.०३ प्रतिशतमा न्युरोको समस्या देखिनुक साथै छाला, दमको रोग तथा पाइल्सका समस्या रहेको बताउनुभयो ।

अस्पतालको तथ्यांक अनुसार एक वर्षमा ३४ हजार ३२५ जना कैदीबन्दीले ओपीडी सेवा लिएका छन् भने ६ हजार ७३३ जनालाई विशिष्टकृत सेवाका लागि अन्यत्र रिफर गरिएको थियो ।

डा. बुढाथोकीले आगामी दिनमा अस्पतालको ५० शय्या पुर्‍याउने लक्ष्य लिए पनि भौतिक पूर्वाधार विस्तारमा समस्या रहेको बताउनुभयो । साथै कैदीबन्दीको लागि उपचारात्मक तथा प्रबर्द्धनात्मक कार्यक्रमहरु अझै गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

  • १५ श्रावण २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech