नेपालगन्ज: नेपालले कोभ्याक्स सुविधाअन्तर्गत फ्रान्सले अनुदान दिएको ७ लाखभन्दा बढी कोभिड भ्याक्सिन पाएको छ।
फ्रान्स सरकारले ७ लाख २ हजार ७२० थान फाइजर बायोन्टेक कोभिड १९ भ्याक्सिन नेपाल सरकारलाई प्रदान गरेको हो। यो खोप जुन र जुलाइ महिनामा विभिन्न चरणमा नेपाल आएका हुन्।
खोपको अन्तिम खेप शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। कोभ्याक्स अभियानअन्तर्गत खोप अनुदान दिने फ्रान्स पहिलो मुलुक हो।
अन्तिम खेपको खोप हस्तान्तरण गर्दै नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओले कोभिड १९ को संकटमा पनि फ्रान्सले विभिन्न फोरमहरुमा साझेदारहरुसँग काम गरेको स्मरण गरेका थिए।