भेरी अस्पताल १३३ औँ वर्षमा

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०८०, शुक्रबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जले १३३ औँ वार्षिकोत्सव मनाएको छ। वीर अस्पतालसँगसँगै स्थापना गरिएको भेरी अस्पताल पश्चिम नेपालको रिफरल सेन्टरको रुपमा रहेको छ‍।

वि.सं. १९४७ मा पृथ्वी(वीर डिस्पेन्सरीको रुपमा स्थापना भएको अस्पतालको रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह हुँदै २०२२ सालमा भेरी अस्पताल नामाकरण गरिएको थियो। अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा.बद्री चापागाईका अनुसार भेरीमा वर्षमा एक लाख ८० हजार चार सय ३२ जनाले सेवा लिएका छन्।

भेरी अस्पतालले गुणस्तरसँगै सेवा थपिरहेको छ। कोरोनाकालमा भेरीले ठूलो सेवा दिएको थियो। अहिले सिकलसेलका विरामीलाई विशेष सेवा दिइरहेको छ।

वार्षिकोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले भेरी संघमार्फत सञ्चालनमा रहेपनि प्रदेशले समन्वयसँगै गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेशका सदस्य कृष्णा केसी नमुना, सञ्जु कुमारी चौधरी, मिना सिद्दिकी, नेपालगन्ज नगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राई, कोहलपुरका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, बाँकेका सिडियो विपिन आचार्य, राजनीतिक दलका नेता तथा अस्पताल विकास समितिका पूर्व पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

विभिन्न दलका नेता, अस्पतालका पूर्व प्रमुखहरुले अस्पतालको गुणस्तर र सेवालाई अझ प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए। सो अवसरमा २५ वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो।

  • १२ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech