सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा निशुल्क दाँत शिविर

    • स्वास्थ्य पेज

  • ३१ असार २०८०, आईतवार

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका-४ स्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा निशुल्क दाँत शिविर गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-४ को वडा कार्यालयको आयोजना र शाही डेन्टल क्लिनिकको सहयोगमा आयोजित शिविरमा ७३ जनाले सेवा लिएको शाही डेन्टल क्लिनिकका संचालक करिष्मा शाहीले जानकारी दिनुभयो ।

ती मध्ये ६३ जनामा महिला र १० जना पुरुष रहेका छन् । सेवा लिएका मध्ये १७ जनाको दाँत निकालिएको थियो भने चार जनाको दाँत भर्ने काम भएको पनि उहाँको भनाइ छ ।

दन्त चिकित्सक डा विनय यादव नेतृत्वको टिमले बिरामीहरुको स्वास्थ्य चेकजाँच गरेको थियो । कार्यक्रममा वडाअध्यक्ष गोपाल पुन, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख डा शंकर केसी लगायतको उपस्थिति रहेको थियो ।

  • ३१ असार २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech