भेरी अस्पताल विकास समितिको अध्यक्षमा शाह मनोनित

    • स्वास्थ्य पेज

  • २४ असार २०८०, आईतवार

नेपालगन्जः सरकारले भेरी अस्पताल विकास समितिको अध्यक्षमा वीरेन्द्र बहादुर शाहलाई मनोनित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि शाहलाई अध्यक्षमा मनोनित गरेको हो ।

गएको जेठ १२ गते प्रमोद धिताल नेतृत्वको समितिको पदावधि सकिएपछि अस्पताल विकास समिति पदाधिकारी विहीन थियो ।

अध्यक्षमा नियुक्त भएपछि स्वास्थ्य पेजसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष शाहले आफ्नो पहिलो प्राथमिकता अस्पतालको सेवालाई विरामीमैत्री गराउने रहेको बताउनुभयो ।

उहाँले समग्र अस्पतालको सेवालाई सुधार गर्दै सबै नागरिकलाई सहज र सरल तरिकाबाट सेवा प्रवाह गर्ने गरी आफुले काम गर्ने उल्लेख गर्नुभयो ।

स्वास्थ्य क्षेत्रबारे जानकार शाहले अस्पताललाई व्यवस्थित बनाउन सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने पनि बताउनुभएको छ ।

 

  • २४ असार २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech