कोहलपुरः कोहलपुर नगरपालिका-८ पिपरीमा निशुल्क आँखा शिविर बस्ने भएको छ । कोहलपुर नगरपालिका वडा न. ८ वडा कार्यलयको समन्वय तथा भिजन आँखा अस्पताल नेपालगन्जको सहयोगमा यही २५ गते सोमवार एक दिने शिबिरको आयोजना गरिएको हो ।
आँखाका बिरामीहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएको वडा अध्यक्ष लालबहादुर रानाले जानकारी दिनुभयो ।
आँखाको समस्या भएका बिरामीलाई निशुल्क चेकजाँच तथा उपचार गरिने जानकारी दिँदै उहाँले सेवाको लाभ लिन आग्रह पनि गर्नुभएको छ । विहान १० बजेदेखि वडा कार्यालय भवनमा शिविर बस्ने छ ।