नेपालगन्ज स्वास्थ्य चौकीमा नि:शुल्क शिविर, ७० बढीले सेवा लिए

    • स्वास्थ्य पेज

  • २१ असार २०८०, बिहीबार

नेपालगन्ज: नेपालगन्ज १२ स्थित स्वास्थ्य चौकीमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ७० बढीले सेवा लिएका छन् । बाल रोग तथा प्रजनन् स्वास्थ्य सम्बन्धी एक दिने शिविरमा ७० बढीलाई सेवा दिईएको स्वास्थ्य चौकीका इन्चार्ज आरती चौधरीले जानकारी दिनुभयो ।

शिविरमा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका वरिष्ठ वालरोग विशेषज्ञ डा.पियुष कनोडियाले बालरोग विशेषज्ञ सेवा प्रदान गर्नुभएको थियो । त्यस्तै भेरी अस्पतालका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीले स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा र परामर्श प्रदान गर्नुभएको हो ।

शिविरमा बिरामीलाई औषधी समेत नि:शुल्क प्रदान गरिएको थियो । शिविर नेपालगन्ज स्वास्थ्य चौकीको आयोजना र नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को सहकार्यमा सम्पन्न भएको हो ।

  • २१ असार २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech